अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

सत्ता हस्तान्तरणमा काँग्रेसले नभई कानुनी अड्चनले ढिलाई गरको हो – नारायण खड्का

बिआरटीनेपाल २०७४ पुष २० गते ४:४७ मा प्रकाशित

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले नयाँ सरकार गठनका लागी सत्ता हस्तान्तरणमा काँग्रेसले नभई कानुनी अड्चनले ढिलाई गरेको प्रष्ट पार्नुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दैै नेता खड्काले राष्ट्रिय सभाको निर्वाचन नगरी सत्ता हस्तान्तरणमा कानुनी समस्या रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभाको निर्वाचन नभएसम्मका लागी अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने दाबी गर्नुभयो ।

राष्ट्रिय सभाको निर्वाचनपछि नयाँ सरकारका लागी सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको नेता खड्काले बताउनु भएको छ ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएको कारण कााग्रेसले पराजय व्यहोर्नु परेको केन्द्रीय सदस्य खड्काले बताउनु भएको छ ।

काँग्रेसले नयाँ सरकार गठनका लागी कोही कससँग पनि लिखित रुपमा सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै प्रचण्डसँग लिखित सहमति भएको भन्ने कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू