अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 09:38

‘आक्रान्त’ बनाउँदै प्रमोद भण्डारी

बिआरटीनेपाल २०७४ पुष २० गते ४:३३ मा प्रकाशित

यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् । २०६१ सालमा बनेको चलचित्र ‘पागलपन’बाट निर्देशकीय यात्रा थालेका प्रमोदले विन्तीपत्र, इलाका, कृष्ण बाबु, सन्देश, गंगाजल, सपथ, मन पराए माया लाए जस्ता चलचित्रहरुको निर्देशन गरेका छन् ।

प्रमोद भण्डारीले निर्देशन गर्ने भनीएको नयाँ चलचित्र ‘आक्रन्त’ नारी प्रधान चलचित्र भएको प्रमोदले बताएका छन् । चाँडै नै मुहुर्त गरि काम थालनी गर्ने यस चलचित्रका लागि प्राय प्रविधिक छनौट भइरहेको÷भइसकेको प्रमोदले बताएका छन् । कलाकारहरु भने कुरा भैसकेको-भैरहेको प्रमोदले बताए । फागुनतीरबाट छायांकनमा जाने लक्ष्य राखीएको ‘आक्रन्त’मा प्राय नयाँ पुराना कलाकार समावेश गराउने लक्ष्य प्रमोदको छ ।

प्रतिक्रिया