अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

उत्तर कोरियाको भन्दा अमेरिकाको परमाणु बटन शक्तिशाली रहेको ट्रम्पको दाबी

बिआरटीनेपाल २०७४ पुष १९ गते १९:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको भन्दा अमेरिकाको परमाणु हतियारको बटन धेरै शक्तिशाली रहेको दाबी गरेका छन् ।उत्तर कोरियाली नेता किम जोन उनले परमाणु हतियारको बटन आफ्नो हातमा रहेको र उक्त बटनलाई जुनसुकै बेला दबाउन सकिने बताएपछि जवाफ स्वरुप ट्रम्पले यस्तो बताएका हुन् । राष्ट्रपति ट्रम्प र किमबीच  केही समय रोकिएको  वाक् युद्ध  पुनःसुरू भएको हो  ।

किमले गत साता परमाणु हतियारको बटन सधै आफ्नो टेबलमा हुने र आवश्यक परेको समयमा उक्त बटन  दबाउन सक्ने बताएका थिए ।दुई देशका नेताहरूले ट्वीटमा एक अर्काेलाई विभिन्न आरोप लगाउँदै आएका छन् । यसै शिलशिलामा राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले बढी चर्चा पाएको छ ।

उनले अमेरिका विश्वको एक मात्रै परमाणु हतियार सम्पन्न मुलुक भएको दाबी गर्दै ट्वीट गरेका थिए । उत्तर कोरियाले जुनसुकै समयमा अमेरिकाको सम्पूर्ण भूभागलाई नष्ट पार्न सक्ने परमाणु हतियार आफुसँग भएको दाबी गर्दै आइरहेको छ  । उत्तर कोरिया परमाणु हतियार सम्पन्न मुलुक भएतापनि उसँग जतिसुकै बेला अमेरिकालाई नष्ट गर्न सक्ने क्षमताको परमाणु हतियार नभएको कतिपय परमाणु विश्लेषकहरूको ठहर छ ।
राष्ट्रपति ट्रम्पको उक्त अभिव्यक्ति सस्तो र तथ्यहीन भएको भन्दै कतिपय विश्व नेताहरूले ट्रम्पको उक्त भनाइको खण्डन समेत गरेका छन् ।ट्रम्पका समर्थकहरूले भने उनको भनाई तथ्यपूर्ण भएको दाबी गरेका छन् ।आजको नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू