अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

चलचित्र ‘स्वर्ग मेरो गाउँ’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १९ गते ४:४५ मा प्रकाशित

मान्स, प्रेम र एक्सनले भरिपुर्ण चलचित्र ‘स्वर्ग मेरो गाउँ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  आउँदो माघ १२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । चलचित्रका निर्देशक तथा निर्माता रामकृष्ण बजगाइँ हुन् ।

फिल्ममा नरेन खड्का, रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नायक नरेन खड्काले ‘स्वर्ग मेरो गाउँ’मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् ।

पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई चलचित्रका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले फिल्मका गीतका स्वर दिएका छन् । चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

प्रतिक्रिया