अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

चलचित्र ‘फिर्के’लाई यूनिभर्सल सर्टिफिकेट

बिआरटीनेपाल २०७४ पुष १९ गते ४:२९ मा प्रकाशित

यहि पुस २१ अर्थात आउँदो शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फिर्के’ले यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो चलचित्रलाई सबैबर्गका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डले मंगलबार कुनै पनि दृश्य नकाटी यूनिभर्सल सर्टिफिकेट दिएको हो । 

सुलेमान शंकर ‘ईकु’ अभिनीत तथा निर्मित चलचित्र ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि.गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया