अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

रसुवा जिल्ला अस्पतालको साँचो हस्तान्तरण

धुन्चे-रसुवा २०७४ पुष १९ गते ४:१९ मा प्रकाशित

२०७२ सालको भूकम्पले क्षतिग्रष्त भई टेन्टमुनि सञ्चालनरत रसुवा अस्पताल अव अत्याधुनिक भवनबाट सञ्चालन हुनेभएको छ । नवनिर्मित सेमिपरमानेन्ट भवनवाट सेवा सञ्चालनका लागि निर्माणकार्य सम्पन्न भई आज रसुवा जिल्ला अस्पतालको प्राँगणमा सञ्चालित  कार्यक्रममा साँचो र स्वामित्व हस्तान्तरण गरिएको छ ।

क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीबाट नवनिर्मित प्रिफ्याव अस्पताल अस्पताल भवनको स्वामित्व प्रमाणपत्र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश प्रसाद अधिकारीलाई रेडक्रसका भुकम्प प्रतिकार्यका प्रमुख उमेश ढकालले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । यस्तैनेपाल रेडक्रस सोसाइटीको रसुवा जिल्ला सभापति बाबुलाल तामाङले जिल्ला अस्पताल प्रमुख डाक्टर गुण निधि शर्मालाई भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

रसुवा रेडक्रसका कोषाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित सभापति कुल प्रसाद भट्टप्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेगोसाइकुण्ड गाँउपालिका प्रमुख कैसाङ नुर्पु तामाङजिल्ला शिक्षा अधिकारीजिल्ला प्रहरी प्रमुख लगायत क्यानेडियन रेडक्रसनेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुपत्रकार लगायतको समुपस्थिति रहेको थियो । कार्यक्रममा भवन निर्माण तथा स्वास्थ्य सेवा सम्बन्धित खुला छलफल चलाइएको थियो ।

एक वर्ष अघि नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीच अस्पताल भवन र आवास गृह   निर्माणको लागि सम्झौता भएको थियो । कर्मचारी आवास गृहको आगामी ३ महिनामा पुननिर्माण सम्पन्न हुने कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति र क्यानेडियन रेडक्रसका आवास तथा निर्माण सँयोजक इन्जिनियर लक्ष्मण क्षेत्रीले जानकारी दिनुभयो ।

५ वटा शौचालय सहित २५ वटा कोठे सो हस्तान्तरण भएको भवन तीन सय ६३ बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । 

थप सहयोग

अव बन्ने २६ कोठाको आवास निर्माणको सहित रसुवाको अस्पताल भवनको लागि निर्माण कम्पनीसँगको सम्झौता रकम ४ चार करोड २४ लाख नौ हजार रहेको छ । यसका अलावा अस्पतालबाट अझ प्रभावकारी सेवा पु¥याउने उद्धेश्यले अस्पतालबाट माग भए बमोजिम रु. ४२ लाख ९५ हजार बरावरको मेडिकल उपकरणहरु समेत जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिसएको छ । जसमा २ वटा हेभी जेनेरेटरअल्ट्रा साउण्ड मेशिनएक्सरे मेसिनइसीजी मेशिननेवुलाइजर मेसिन,  विरामी सुत्ने वेड लगायत इन्र्भटरहरु रहेको रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो । यस भन्दा पहिले नै आपत्कालीन अस्पताल हस्तान्तरणको समयमा फर्निचर लगायतका सामग्री हस्तान्तरण गरिसकिएको छ ।

आपत्कालीन अस्पतालबाट ५ हजार बढी लाभान्वित

२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारणले रसुवा जिल्ला अस्पतालको भवन क्षतिग्रस्त भए पश्चात तत्काल नेपाल रेडक्रस सोसाइटीले क्यानेडियन रेडक्रस सोसाइटी सँग समन्वय गरी Emergency Response Unit (ERO) बाट आपत्कालीन सेवा अल्प समयका लागि सञ्चालन गरिएको थियो । उक्त field अस्पतालबाट जम्मा.५,४०६ जनाले उपचार सेवा पाएका थिए । त्यस पश्चात जिल्ला स्वास्थ्य कार्यालयलाई टेन्टेड अस्पताल हस्तान्तरण गरी हाल सम्म सोही टेन्टबाटै सेवा सञ्चालन भैरहेको थियो ।

स्वास्थ्य क्षेत्र पुननिर्मणमा रेडक्रसको सहयोग ः

रसुवा अस्पतालको पुननिर्माणको अलावा यस अघि काभ्रेसिन्धुली र धादिङमा उपकरण सहित ४ वटा स्वास्थ्य चौकी भवनहरु रेडक्रसले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यस बाहेक २३ वटा स्वास्थ्य चौकी निर्माणाधिन रहेका छन् ।  त्यस्तै सिन्धुलीमा ४ वटानुवाकोटमा २ वटा र मकवानपुरमा २ वटा हेल्थ पोष्टको मर्मत सम्भार सहयोग रेडक्रसबाट भइसकेको छ ।  भूकम्प प्रभावित जिल्लाहरुमा स्वास्थ्य चौकी तथा अस्पतालहरुमा गरि १५ वटा स्वास्थ्य संस्थामा आबश्यकता अनुसारका उपकरणहरु प्रदान गरिएको छ ।

काठमाण्डौँ उपत्यका भित्र रहेका तीनवटा जिल्लाहरुको हकमा एक एक वटा स्थायी प्रकृतिको स्वास्थ्य चौकी पुननिर्माण गर्न रेडक्रसले सम्झौता प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको र स्वीकृति आउन बाँकी रहेको रेडक्रसका हेल्थ अफिसर दीपक पोखरेलले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू