अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

कपिलवस्तुमा सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान- ८ वटा मोटरसाईकल बरामत

बिआरटीनेपाल २०७४ पुष १८ गते १८:१३ मा प्रकाशित

जीतपुर, कपिलवस्तु  वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति सुरक्षाकर्मी र वन तस्करबीच गोली हानाहान भएको छ । 

वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करबीच दोहोरो गाली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए । लालमटिया सामुदायिक वनका पदाधिकारीले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन उपाभोक्ताको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्कर समूहले गोली प्रहार गरेको जनाइएको छ ।
जवाफमा सुरक्षाकर्मीले पनि गोली प्रहार गरेका थिए । सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरू मोटरसाइकल छाडेर भागेको प्रमुख दासले बताए । क्रममा ३० दशमलव १३ क्युफिट गोलिया काठ र आठवटा मोटरसाइकल बरामद गरेको पनि उनले बताए ।
घटनास्थलबाट प्रहरीले लु२९प ३९६०, लु२५प ६९८९, लु९प १५१, लु२४प ६७९, लु१२प १२९५, लु२७प ७३९१, लु१४प २३३ र लु२८प ७०८१ नम्बरका मोटरसाइकल बरामद गरेको सेक्टर वन कार्यालय पिपराले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू