अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

चीनमा नयाँ बर्षमा दुई हजार आगलागीका घटना

बिआरटीनेपाल २०७४ पुष १८ गते १७:३१ मा प्रकाशित

चीनमा नयाँ बर्ष मनाउने क्रममा तीन दिनमा दुई हजार ६१ आगलागीका घटना भएका र त्यसमा परी १५ जनाको मृत्यु भएको अग्नी नियन्त्रण अधिकारीले मङ्गलबार जनाएका छन् । चीनमा नयाँ बर्ष मनाउन शनिबारदेखि तीन दिनको विदा दिइएको थियो ।

आगलागीका कारण २० लाख ८७ हजार अमेरिकी डलरको बराबरको प्रत्यक्ष आर्थिक क्षति भएकोसार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गतको अग्नी नियन्त्रण विभागको तथ्याङ्क छ । नयाँ बर्षको समयमा ठूला खालका आगलागीका घटना भने नभएको विभागले जनाएको छ ।

विभागले नयाँ बर्ष मनाउने क्रममा हुनसक्ने आगलागीका घटनालाई रोक्न तथा नियन्त्रण गर्न सावधानी गराइएको थियो भने ठूलो सङ्ख्यामा अग्नी नियन्त्रकलाई सक्रिय तुल्याइएको थियो ।

आगलागीका घटना हुनसक्ने सार्वजनिक स्थान, भीडभाड हुने सडक क्षेत्र, मनोरञ्जनका कार्यक्रम गरिने स्थानहरू र किनमेलका लागि भीड हुने ठूला व्यापारिक महलमा सावधानी अपनाइएकाले ठूलो क्षति नभएको विभागले जारी गरेको विज्ञप्तिमा छ ।

चीनभर उत्त समयमा ६३ हजार ८०० जना अग्नी नियन्त्रक खटाइएको थियो । सो अवधिमा आगलागीका घटनामा फसेका ७२६ जनालाई उद्धार गरिएको थियो भने चार करोड ४० लाख बराबरको धन सम्पत्तिको सुरक्षा गरिएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू