अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

तरलता समस्याले औद्योगिक क्षेत्रमा प्रतिकूलता

बिआरटीनेपाल २०७४ पुष १८ गते ८:२१ मा प्रकाशित

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेट गरी मुलुकको वर्तमान अर्थ व्यवस्थामा आएको तरलताको कारणले उद्योग–व्यवसायमा परेको समस्याको तत्काल सम्बोधनको लागि पहल गरिदिन आग्रह गर्दै तरलताको सङ्कटले गर्दा बैकिङ्ग प्रणालीबाट प्रवाहित कर्जाको व्याजदरमा उल्लेखनीय वृद्धि भई बढ्दो व्याजदरले उत्पादन लागतमा वृद्धिभई उद्योग र व्यावसायिक क्षेत्रमा प्रतिकूल असर पर्न गएकोले प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको बताउनु भयो । यही अवस्था कायम रहेमा आगामी वर्ष भित्रमा मुलुकको व्यवसाय गर्ने लागत छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा हुने, अर्थतन्त्रको आकार बढे अनुरूपको आर्थिक व्यवस्थापन पक्ष कमजोर रहेको र वित्तीय अनुशासन कायम गरी व्याजदरलाई वान्छित सीमा भित्र ल्याउनु सम्बन्धित सरोकारवाला नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय, नेपाल बैँकर्स एशोसियसन लगायतले उपयुक्त मौद्रिक नीति तथा वित्तीय उपकरण प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो ।

गत वर्ष पनि तरलता समस्या पश्चात् नेपाल राष्ट्र बैङ्कको पहलबाट व्याजदर वान्छित सीमामा आई तरलता तत्कालको समस्यामा केही समाधान भई औद्योगिक व्यवसाय गर्ने वातावरण सहज भएकोमा हाल पुनः यो समस्या छोटो अवधिमा देखिनु केन्द्रीकरण संरचनात्मक, नीतिगत र व्यवस्थापकीय तहमै परिवर्तन गर्नु आवश्यकता महसुस परिसंघले गरेको बताउनु भयो ।

मुलुकमा कठिन अवस्थामा समेत सफलतापूर्वक चुनाव सम्पन्न गराएकोमा प्रधानमन्त्रीलाई बधाई दिदैँ आर्थिक समृद्धि, लगानी र विधिको शासनका लागि अहिले सबै तहको चुनाव भइसकेको परिवेशमा ठुलो अवसर आभएको समेत बताउनु भयो ।

प्रधानमन्त्री शेरशहादुर देउवाद्वारा आर्थिक समृद्धि तथा समग्र अर्थतन्त्रको विकासको लागि आफू कटिवद्ध रहेको र हालको तरलताको समस्या पनि सम्बन्धित सरोकारवालासँग छलफल गरी समस्याको यथासक्यो सम्बोधन गर्ने आश्वसन र प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उक्त अवसरमा अध्यक्ष शर्माले तरलता समस्या र समाधानका विषयमा प्रधानमन्त्रीलाई परिसंघको तर्फबाट ज्ञापन पत्र समेत बुझाउनु भयो । प्रतिनिधि मण्डलमा परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरू तथा राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू