अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

अमेरिका निवासी गीतकार अम्बिका गुरुङको ‘मोहनी’बाट गायिका ईन्दिरा जोशीको पुनरागमन

बिआरटीनेपाल २०७४ पुष १८ गते ६:३६ मा प्रकाशित

गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ मा निर्णायकको रुपमा सहभागि भएपछि गायिका ईन्दिरा जोशी पहिलो पटक एउटा नया“ गीतमा सुनिएकी छिन् । यी गायिकालाई अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको ‘मोहनी…’ शीर्षकको गीतमा सुनिएको हो ।

पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश छ । शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो ।

अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकमै बसोबास गर्ने निर्देशक अनिशा के क्षेत्रीले गरेकी हुन् । भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् । भिडियोमा दीपले प्रेमिकालाई वेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन् भने सुनिक्षाले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन् ।

सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रँे तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन् । मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया