अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

नायिका श्वेता खड्का अभिनित वेबसिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १८ गते २:५९ मा प्रकाशित

नायिका श्वेता खड्का अभिनित वेबसिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ । पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता अभिनित वेबसिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो ।
‘गज्जब टिभी’ नामक युट्युब च्यानलबाट छिट्टै सार्वजनिक हुने वेब सिरिजमा प्रेम र प्रेमिल जोडीका रमाईला किस्साहरुलाई देखाईने निर्माण पक्षले बताएको छ । शुभ मिडिया होमको प्रस्तुतीमा सन्देश लामिछानेले निर्देशन गरेको वेबसिरिजमा रमेश गजुरेलको कथा रहेको छ ।

गोकुल अधिकारीको सिनेम्याटोग्राफीमा निर्माण हुन लागेको वेब सिरिज ‘टेन्सन फ्रि’मा बिष्णु बुुढाथोकीको कन्सेप्ट छ । सार्वजनिक वेबसिरिजको पोस्टरमा कलाकार सुवोध गौतम र बिष्णु बुढाथोकीको बिचमा मोडल प्रतिक्षा खतिवडा छिन् ।  अशोक चौधरीको सम्पादमा बन्न लागेको वेब सिरिजमा बिष्णु, सुबोध, प्रतिक्षाको अलावा नारायण नेपाल र निरज रजौरेको अभिनय रहेको छ ।

प्रतिक्रिया