अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

कोलोराडोमा दुई बेग्ला बेग्लै ल्होछार सम्पन्न

बिआरटीनेपाल २०७४ पुष १७ गते २०:२४ मा प्रकाशित

अमेरिका स्थित कोलोराडोको बोल्डर सहरमा गुरुङ समुदायले ल्होछार पर्व मनाएका छन् । आफ्नो परम्परा, संस्कृति र भाषाको उत्थानमा योगदान पुर्‍याउने यस्ता पर्वमा नेपाली समुदायको भरपुर साथ हुँदै आएको प्रमाण गत शनिबार आयोजित दुई बेग्ला बेग्लै कार्यक्रममा उपस्थित जनसहभागीताले पनि पुष्टि गरेको छ । तमु धि कोलोराडोले आयोजना गर्दै आएको ल्होछार पर्व दुई वर्ष देखि समानान्तर रूपमा नव गठित तमु प्ये ल्छुले पनि आयोजना गर्दै आएको छ । युनिटी चर्च बोल्डरमा तमुधीले बुद्ध धर्म धर्म परम्परा अनुसार पूजा अर्चना गरी ल्होछार पर्व मनाएको छ । तमु धीं कोलोराडोका अध्यक्ष श्री चन्द्रमान गुरुङद्वारा पानसमा बत्ती बालेर शुभारम्भ भएको उक्त कार्यक्रममा कोलोराडो स्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति संस्थाका सचिव भुवन गुरूङद्वारा सञ्चालित उक्त कार्यक्रमको सांस्कृतिक कार्यक्रम प्रकाशजंग गुरुङद्वारा सञ्चालन भएको स्थानीय कलाकारहरूद्वारा आ-आपनो कला प्रदर्शन गरेका थिए ।

प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने भनाईलाई आत्मसात गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम सहित तमु प्ये ल्हु संघ अमेरिकाले ल्होछार पर्व मनाएको छ । तमु प्ये ल्हु संघ अमेरिकाको ल्होसार कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त ल्होसार कार्यक्रममा सांस्कृतिक कार्यक्रमलाई अनिशा तमुस्यो तथा कल्पना तमुस्योहरुबाट सञ्चालन गरेका थिए भने सङ्घका प्रथम उपाध्यक्ष श्री चक्र क्रोम्छे तमु तथा कोष-अध्यक्ष सुश्री नन्दकला तमुस्योबाट स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।

स्वादिस्ट भोजन सहित आपसमा सदभाब र शुभकामना साटदै मन मुटुमा नेपाल बोक्ने नेपालीहरूको बाक्लो सहभागिता रहने यस्ता कार्यक्रममा विदेशी पाहुनाको समेत उपस्थिति हुने गरेको पाइएको छ । एउटै मिति एउटै पर्व एउटै ठाँउ र उही समुदायमा फरक कार्यक्रमले भने नेपाली मनलाई अन्यौलको वातावरण सृजना गरेको छ । यसर्थ आगामी दिनमा गुरुङ समाजले नेपाली मन र पनलाई जोडन एक भई ल्होछार पर्वलाई मनाएमा अझ सार्थक र सबै कोलोराडोका नेपालीको लागि खुसीको कुरा हुनेछ । चाहदा चाहदै पनि बिभाजित भएर सस्कृतिलाई जोगाउन कठिन हुन सक्छ । बिबिधतामा एकता नेपालीको पहिचान हो यसलाई सबै नेपाली समुदायले बुझ्न जरुरी देखिन्छ हैन भने हामी विश्वको जुन कुनामा भए पनि हाम्रो नेपाली कला संस्कृति भाषा उत्थान गर्ने काम नारामा मात्र सीमित हुन सक्छ । यद्दपी मानसिक थकान मेटाउन र सदभाब साटन आयोजना गरिने यस्ता कार्यक्रमको लागि आयोजकलाई धन्यवाद ।

प्रतिक्रिया