अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

मिर्गौला खराब भएका ओम विक्रम विष्टले भासिएको आवाजमा दिए यस्तो सन्देश: सरोज खनालको यस्तो आव्हान

विजय थापा, वासिङ्टन डि सि २०७४ पुष १७ गते ११:२७ मा प्रकाशित

मिर्गौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ सांस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् l आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो l

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार विष्ट सँग न्यू योर्कमा गएर युट्युबमा संदेश लिएको छ l उक्त भिडियो मार्फत पप सम्राट ओम विक्रम विष्टले भासिएको आवाजमा आफू केही दिन देखि दुवै मिर्गौला खराब भएर आफू डायलेसिसको उपचारमा छु भनी संदेश दिएका छन् l यसै गरी अमेरिका पुगेका अभिनेता सरोज खनालले सहित कलाकार विष्ट को तन मन धन ले सहयोग गरौँ भनी सन्देश दिएका छन् l

कला र कलाकारको सारथी इनास अमेरिका को मुख्य नारा “जिउदो स्रष्टा को सम्मान गरौँ ” भन्दै कलाकार को लागि $ १० हजार डलर को गो फन्ड खोलेको छ l आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले डिसी महानगर क्षेत्रका अन्य सङ्घ/संस्था सँग समन्वय गरी सबैलाई सहभागिता र सहयोगको लागि आव्हान गरेको छ l

अहिले नगरे कहिले गर्ने ,हामी नेपालीले नगरे कसले गर्ने भन्दै यस्तो विषम परिस्थितिमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले सहयोग गर्नु हामी नेपालीहरूको धर्म हो। यसकारण आउनुस हामी नेपाली सबै मिलि ओम विक्रम बिस्ट लाई सहयोग गरौँ भनी ईनासले संदेश सार्वजनिक गरेको छ l

गत डिसेम्बर ११ मा इनास अमेरिकाको पहलमा ओम विक्रम विष्ट सहयोगार्थ सांस्कृतिक साँझ नामक कार्यक्रमको लागि डिसी क्षेत्रका विभिन्न सङ्घ तथा संस्थाका प्रतिनिधिहरूको भेला गराएको थियो l

टिकट दर $ २५ डलर तथा विशेष ( भिआईपी) का लागि $ ५० र $ १०० डलरको राखिने छ l कार्यक्रमको लागि विभिन्न राज्यहरुबाट कलाकारहरूको प्रस्तुति रहने छ l

https://www.gofundme.com/saveombikrambista

 

प्रतिक्रिया