अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट

बिआरटीनेपाल २०७४ पुष १६ गते ५:४१ मा प्रकाशित

नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘रियो छमछमी ३’ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । बुधबार बेलुकी भएको प्रतिस्पर्धाबाट कोहलपुरका रोशन विश्वकर्मा बाहिरिएपछि अब बाँकी १० प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुने भएको हो । मेगा अडिसनका लागि काठमाडौं आएका २ सय ७५ प्रतियोगी मध्ये विश्वकर्मा ११ औं बन्न सफल भएपनि दर्शकको भोटका आधारमा भएको मूल्यांकनबाट प्रतियोगिताबाट बाहिरिएका हुन् । टप ११ राउण्डसम्मको सहभागीको रुपमा रहँदा धेरै कुरा सिक्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

रियो छमछमी ३ को प्रायोजन चौधरी ग्रुपको पेय उत्पादन रियोले गरेको छ । भू–सतही प्रसारणमार्फत् ७२ प्रतिशत भू–भाग, स्याटेलाइटमार्फत् संसारका १४० भन्दा बढी देशमा र लाइभ स्ट्रिमिङ मार्फत संसारभर नै पहूँच रहेको यो कार्यक्रम दर्शकमाझ रुचाइँदै आएको छ । कार्यक्रम हरेक बुधवार बेलुकी ८ः४० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । आफुलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई मोबाइल बाट भोटिङ गर्ने व्यवस्था समेत मिलाइएको छ ।


प्रतिक्रिया