अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा सम्पन्न 

बिआरटीनेपाल २०७४ पुष १५ गते ४:५१ मा प्रकाशित

कर्णाली जलस्रोत लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।  शनिवार काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा सभामा अध्यक्ष लोकबहादुर रावतले कम्पनीले वार्षिक प्रतिवेदन तथा प्रगति विवरण पेस गरेका थिए ।

कम्पनीले ६ मेगावाटको ‘माथिल्लो चौरी खोला साना जलविद्युत आयोजना’ को नेपाल विद्युत् प्राधिकरणसँग विद्युुत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेको साधारण सभामा अध्यक्ष रावतले जानकारी दिएका थिए । कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी ‘हिमालय वाटर रिसोर्सेच एण्ड इनर्जी डेभलपमेन्ट’ को नाममा रहेको आयोजनाको विस्तुत परियोजना विकास अध्ययन प्रतिवेदन (डीपीआर) र वित्तीय व्यवस्थापनको काम अगाडि बढेको कम्पनीको वार्षिक प्रतिदेनमा उल्लेख छ ।

त्यसै गरी कम्पनीले म्याग्दीको राहुगंगा गाउँपालिका–८ कुईनेमंगलेको खोलामा ४.२ मेगावाट ‘स्यानो खोला जलविद्युत आयोजना’को सर्भे इजाजात आफ्नो नाममा लिएको छ । उक्त आयोजनाको स्थलतग सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको र डिजाइन गर्ने कार्य इष्ट कन्सल्ट प्रा.लिई.लाई जिम्मा दिएका र अन्तिम चरणमा पुगेको अध्यक्ष रावतले जानकारी दिए ।

शेयर धनीहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष रावतले चौरी खोला आयोजनको ८० प्रतिशत शेयर कर्णाली जलस्रोत लिमिटेडको रहेको र २० प्रतिशत प्रबृद्धक कम्पनी रिसोर्जेज एण्ड इनर्जी डेभलपमेन्टको रहेको जानकारी दिएका थिए । आयोजना स्थल नजिकसम्म सडक पुगेको, विद्युत् प्राधिकरणले नजिक वितरण केन्द्र निर्माण गर्न लागेको र स्थानीय कुनै अवरोध नभएका कारण निर्धारित समयभन्दा पहिले निर्माण कार्य सुरु गर्ने कम्पनीले विश्वास लिएको गरेको छ ।

त्यसै गरी कम्पनीको उद्देश्य अनुसार मत्स्यपालन व्यवसाय सञ्चालनको लागि अवधारण पत्र पनि तयार भइसकेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीको प्रबन्धक निर्देशक अमर नारायण मालीले अब कम्पनीको मुख्य ध्यान माथिल्लो चौरी खोला आयोजनाको वित्तीय व्यवस्थापनमा रहेको बताएका थिए । कम्पनीका सञ्चालक तथा जनसम्पर्क अधिकृत भरत प्रसाईले स्थानीयको साथ र सहयोग रहेकोले आयोजना भनेकै समयमा सुरु हुने जानकारी दिए ।

त्यसै गरी शेयर धनीको तर्फबाट गौरी दाहाल देवकोटा, नाराणप्रसाद प्रसाई, केशवराज कडेंललगायतले मन्तव्य राखेका थिए ।
वार्षिक प्रगति विवरण र आर्थिक प्रतिवेदन सधारण सभाले पारित गरेको छ । सभाको अध्यक्षता कम्पनीको अध्यक्ष रावल र संचलान कम्पनीका सञ्चालक समितिका सदस्य भैरव बोहोराले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू