अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

चलचित्र ‘गाउँकी छोरी’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १५ गते ४:४५ मा प्रकाशित
केकी अधिकारी अभिनित सामाजिक चलचित्र गाउँकी छोरी को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन् । स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।
पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनितिमा प्रवेश गर्छिन् । स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ।
नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र गाउँकी छोरी युट्युबमा केहि सातापछि सार्वजनिक हुनेछ । दिपक आचार्य र सरोज ओलीको निर्देशनमा बनेको चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया