अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

श्वेताले सार्वजनिक गरिन् माझी बस्ती बिकास परियोजनाको पछिल्लो अवस्था

बिआरटीनेपाल २०७४ पुष १४ गते ४:१२ मा प्रकाशित

मैले घोषणा गरेको एकिकृत नमुना माझी बस्ती बिकास परियोजनाको स्थलगत निर्माण कार्य करिव २ महिना रोक्किए पस्चात पुन: निर्माणको कार्यले तिब्रता लिदै गरेको अवस्था छ । बर्षातको मौसममा थालनी गरिएको परियोजनाले करिव ४ महिना ( बर्षातभरी) निरन्तरता नपाउनु त्यो कुनै नौलो समस्या होइन । तर त्यसबिचमा हामीले साक्ष्यातकार गर्नु परेको धेरै राजनैतीक, समाजिक र सांगठनिक समस्याहरु धेरै थिए । काम थालियो, नयाँ नयाँ समस्याहरु आउँदै गरे, ति समस्याहरुलाई पार लगाउदै गइयो र अझै पनि केही समस्याहरु छन जस्लाई सल्टाउँदै अगाडि बढदै छौ ।

कामको अवधीमा समस्यामात्र आएका छैनन नयाँ नयाँ सोच र नयाँनयाँ कार्यक्रम पनि थपिंदै गएका छन । यो बस्तिलाई सिङ्गार्दै थप सुन्दर बस्तिको रुपमा बिकास गर्दै लैजानको लागि योजना भन्दा बाहिरका केही नयाँ कार्यक्रमहरु पनि थपिदंछन । हिजो घर, बाटो , बायो ग्याँस र बाल बगैँचा सहितको खाका कोरिएको यो बस्तीमा आज होम स्टेको कुर पनि जोडीएर आएको छ त्यस्तै ”एकिक्रित गोठ” निर्माण गरी पशुपालनको नयाँ सोच थपिएको छ । महिलाहरुलाई साक्षर बनाउने कार्यक्रम थपिएको छ । अत: गर्दै जाँदा समस्याहरुको खात भेटिदै जान्छ र समाधानका नयाँ नयाँ कार्यक्रमहरु थपिंदै जान्छन । माझी बस्तिमा यस्तै भएको छ ।

हामी भन्छौ ” एन जि ओ को अगुवाइमा होइन , जनताको अगुवाईमा बिकास हुनुपर्छ जस्ले गर्दा सो बिकास दिगो हुन्छ र यस्लाई जनताकै अगुवाईमा बिकास प्रकृया (People Led Development Process) भनिन्छ । जस्लाई विश्वको धेरै देशहरुले दिगो बिकासको लागि स्विकार गरेको अवधारणा हो । जनताकै अगुवाईमा बिकासका गतिबिधी संचालन गरिँदा यस्ले केही समय लिन्छ । कारण: जनताकै समस्या, जनताद्वारानै समाधानका उपाय र जनताकै पहल, निर्णय र जनताद्वारा नै कार्यक्रमहरुको कार्यान्वयन हुने प्रकृया हो यो । यस्मा एनजिओ हरुको भूमिका भनेको सहजिकरणको भूमिका मात्र रहन्छ । संघसंस्थाले ज्ञान, शिप र क्षमता अभिब्रिद्दी गरिदिने भूमिकामा रहन्छन । अत: यो प्रकृया ‘सुस्त’ प्रकृया हो तर यस्को परिणाम दिगो हुन्छ । जनताले सो बिकासमा आफ्नो अपनत्वको महसुस गर्छन् र सो को सम्बर्धन र संरक्षणका निमित्त पनि आँफै अग्रसर हुने गर्छन् । 

एकिकृत माझी बस्ती बिकास परियोजना पनि यसै प्रकृयामा आधारित बिकासको परियोजना हो । बस्ती बिकासको हरेक प्रकृयामा स्थानियवासिहरुकै प्रत्यक्ष्य सहभागीता र माझीबस्तिकै सामुहिक निर्णयको अधिकारलाई हनन नगरि सहभागीतामुलक बिकास प्रकृया मार्फत अगाडि बढ्दै गरेको यो परियोजना अन्य परियोजना भन्दा फरक मर्म को छ । एनजिओ हरुले ‘ठेकेदार’को रुपमा कामलाई हतारहतारमा सकाएर लिखित प्रतिवेदन बुझाउन आतुर हुने कृयाबाट मुक्त हुन चाहन्छौ हामी । हामी एनजिओको मनोमानी भन्दा पनि जनताको ‘संगलग्नता’लाई प्राथमिकता दिन चाहन्छौ । त्यसैले पनि यो परियोजनाले समय लिएको हो ।

काम गर्दै जाने क्रममा कहिले काही साकारात्मक र नकारात्मक प्रतिकृयाहरु आइनै रहन्छन् । साकारात्मक प्रतिकृयाहरुले जोश जाँगर र हौसला प्रदान गर्छ भने नकारात्मक टिकाटिप्पणीहरुले सचेत हुने र आफुले गरेक गल्तिहरु सुधारर्ने मौका प्रदान गर्छ । एकीकृत माझी बस्ती बिकासको क्रममा पनि यस्तै मिश्रित प्रतिकृयाहरु आईरहेका छन, जस्लाई म हृदयदेखिनै स्विकार गरिरहेको छु र मनन् समेत गरिरहेकी छु । म साना तिना समस्याहरुमा अल्झिएर आफ्नो लक्ष्यप्राप्तीको मार्गबाट विमुख हुने नारी हुँदै हैन । समस्याका पर्खालहरुलाई भात्काएर अगाडि बढ्ने जोश जाँगर र उत्साह लिएकी ‘नेपाली’ चेलीलाई कुनै पनि नकारात्मक दुस्प्रचार र टिकाटिप्णीहरुले केही असर गर्दैन । माझी बस्ती बनाएरै छोड्ने मेरो बाचालाई म कुनै पनि हालतमा पुरा गरेरै छोड्छु । हो, काम गर्दै गर्दा कहिले काहीँ विबिध समस्या आईपर्छन जस्ले काममा केही ढिलाई हुन जान्छ र हिडाईको गती कहिले काही सुस्त भई दिन्छ । यस्को मतलब ‘हिंड्नै’ छोडिदिने भने पक्कै होइन । समस्याको आयतन र समस्याको केन्द्रबिन्दुको सुक्ष्म अध्ययन गर्ने र सो समस्या निवारणका लागि प्रयास गर्ने क्रमले माझी बस्ती निर्माणको कार्यमा ढिलाई हुन गएको मात्र हो ।

माझी बस्ती बिकास परियोजना मेरो मनभित्रको भावनाले जन्माएको परियोजना हो । सरकारी बजेटको सदुपयोग गर्दै स्थानिय जनताहरुसंगको साझेदारीमा निर्माण हुन गईरहेको एकिकृत माझी बस्ती दिगो बिकासको एउटा मोडल परीयोजनाको रुपमा स्थापित हुनेमा कुनै शंका छैन । हामी यो परियोजनालाई हतारको काम लतार भनेझै छिटो सिध्याउनु भन्दा पनि ढिला होस् तर राम्रो र दिगो होस् भन्ने सोच अनुरुप अगाडि बढी रहेका छौ । हो , त्यहाँका बासिन्दाहरुले चिसो भुईमा दिन र रात कटाउनु परेको तितो सत्यता हाम्रो आँखा अगाडि छर्लङ्गै छ । तर उहाँहरुको यो समस्यालाई अझ लम्ब्याउने भन्दा पनि दिर्घकालिन रुपमै निमिट्यान्न पार्ने हाम्रो प्रयत्न र सोच हो । यो सोचमा कुनै लोभ,लालच, स्वार्थ, इर्श्या र आरिस नराखीकन सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग,समर्थन र सहकार्य गरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।

अन्तमा : एकिक्रित बस्ती बिकास परियोजना को कानुनी प्रावधान र झन्झटिलो कागजी प्रकृयाका साथै सम्बन्धित निकायहरुको झन्झटिलो नितिगत प्रकृयाहरुले हाम्रो तिब्र गतीलाई ‘सुस्तता’ प्रदान गरिरहेको कटुसत्यलाई दर्शाउनै पर्छ । अत: सम्बन्धित सरकारी निकायहरुको ध्यान जान जरुरी छ । जुन दिन यो बस्तीको निर्माण कार्य सम्पन्न हुन्छ, त्यस दिन मेरा आदरनिय पती श्रीकृष्ण श्रेष्ठ ज्यु प्रतीको मेरो साँच्चो सामाजिक श्रदान्जली अर्पण भएको महसुस गर्ने छु र यस्को लागि म पनि आतुर छु ।

उही तपाईंकी छोरी /चेली 

श्वेता खड्का ‘कान्छी’

प्रतिक्रिया