अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे…’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष १४ गते २:२२ मा प्रकाशित

चलचित्र ‘झमक बहादुर’को रिमिक्सि गीत ‘आमैले भन्थे धाराको पानी….’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आज एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको आतिथ्यमा गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीत ‘आमैले भन्थे धाराको पानी….’ कसुम गजमेर शब्द र रन्जित गजमेरको सङ्गीत रहेको लाई रिमिक्स ओम सुनारले गरेका हुन् । रिमिक्सिमा ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर रहेको छ ।

नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक हास्य प्रधान चलचित्र हो ‘झमक बहादुर’का निर्माता मिनकुमार तामाङले भने । चलचित्र ‘साइनो’मा भुवन केसीले प्रख्याती कमाइसकेको यो गीतमा अहिले अनुप विक्रमले नाचेका छन्, दर्शकले यसलाई कतिको मन पराउने हुन् आगामी दिनले तय गर्ने छ’, उत्तम केसीले भने । आगामी जेठ ११ गते देखि देशभर एक साथ प्रदर्शनमा आउन लागेको यो चलचित्र लाई भोमन कटुवालले निर्देशन गरेका हुन् ।

यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा ‘सरापे’, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।

राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन-सूर्य-सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतम र जीवन पराजुलीले छायाँकन गरेका छन् । चलचित्रको पब्लिसिटी डिजाइन जेनेक्स मिडियाले लिएको छ ।

कार्यक्रममा नेपाल टेलिभिजनका मनहोरि थापाले चलचित्रको गीत राम्रो बनेको भन्दै शुभकामना दिएका थिए भने निर्देशक भोमन कटुवाल, नायक अनुपविक्रम शाही, कलाकार यादव देवकोटालगायतले चलचित्रका बारेमा बताएका थिए ।

प्रतिक्रिया