अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

राजधानिमा १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु

बिआरटीनेपाल २०७४ पुष १४ गते २:०५ मा प्रकाशित

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १४औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी बिहिवारदेखि भृकुटिमण्डपमा शुरु भएको छ ।

स्वदेशी जुत्ता चप्पलहरुको व्यवसायीक प्रदर्शन गर्ने तथा स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्दै शुरु भएको सो प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले स्वदेशी उद्योगलाई सरकारले प्राथमिकता दिँदै निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्ने बताए ।

उनले अर्थतन्त्रलाई सबल बनाउन जुत्ता चप्पल उद्योगले आशलाग्दो कार्य गरिरहेको भन्दै निर्यातजन्य उद्योगको रुपमा विकास गर्नका लागि सहयोग गर्ने बताए ।

‘यो उद्योगको उन्नतीकोे लागि के गर्नुपर्दछ त्यसको लागि म तपाईँहरुको साथमा रहेको छु,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निर्यातलाई रोक्न नेपाली जुत्ता चप्पल व्यवसायीहरु सक्षम भएको बताए । उनले नेपाली अर्थतन्त्रका धेरै चुनौती भएको भन्दै नेपालको निजी क्षेत्रसँग मुलुकभित्र उद्योग गर्न सक्ने आत्मविश्वास भएको दाबी गरे ।

एशोसिएशनका अध्यक्ष रविन कुमार श्रेष्ठले जुत्ता उद्योगको विकासको लागि फूटवेयर जोनको विकास गर्न सरकारको ध्यानाकर्षण गराए । उनले न्यून बिजकीकरणसहित विदेशी जुत्ताहरु आयात हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

सो कार्यक्रममा क्रममा मेलाका संयोजक नानीराज घिमिरेले मेला वारेमा जानकारी दिनु भएको थियो भने नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले शुभकामना मन्तब्य राखेको थिए  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू