अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

माघ पहिलो साता भित्रै नयाँ सरकार बन्छ – एमाले सचिव ज्ञवाली

भक्तपुर २०७४ पुष १३ गते ३:५० मा प्रकाशित

एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले आगमी माघ पहिलो साताभित्रै बामगठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।
रफत सञ्चार क्लबमा आज ( बिहीबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले सो समयसीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

उनले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी गरेका छन् । पार्टी एकिकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकारका रुपमा रहेन पनि बताए ।

अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तीहरु गैरकानूनी र नैतिकता विपरित रहेको उनले बताए । यो गतल काम हो उनले भने ‘नयाँ सरकारलाई काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गर्नेछ ।’

उनले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।

जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ बर्षका लागी प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाएका छन् । कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए । कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए ।

सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा उनले जोड् दिए ।

सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताएका छन् । उनले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू