अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘खोजिरहेछु’ सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष १३ गते ३:२६ मा प्रकाशित

खोजिरहेछु यो भिडमा
मेरो मन बिसाउने मान्छे
धेरै माया मिठो धुर्की
अलिअलि रिसाउने मान्छे…………..

गायिका अन्जु श्रेष्ठको नयाँ गीत खोजिरहेछु सार्वजनिक भएको छ । गीतकार सुषमा देवकोटाको शब्द र राज सागरको संगीत तथा एरेन्जमा रहेको गायिक श्रेष्ठको खोजिरहेछु गीत बुधबार सङस् नेपालको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

‘रातो साडी’, .रंगियो तिजले. र .भेलभेटको चोली. गीति एल्वम सार्वजनिक गरेकी गायिका श्रेष्ठको केहि महिना अघि सार्वजनिक भएको ‘ढाकापोटी’ बोलको युगल गीत पनि चर्चामा रहेको छ ।

स्व. बुबा ईन्द्र्र बहादुर श्रेष्ठ र आमा गंगामाया श्रेष्ठकी कान्छी छोरी लतिलपुर कुपन्डोल निवासी गायिक श्रेष्ठले कलानिधी ईन्दीरा संगीत महाबिधालयबाट शास्त्रिीय संगीतमा डिप्लोमा गरेकी छन् ।

गायिका श्रेष्ठले आफ्ना गीतहरुमा मात्र अभिनय गरेकी भएपनि उनि राम्रो अभिनयकला भएकी र प्रसस्त सम्भावना बोकेकी मोडल समेत हुन् ।

प्रतिक्रिया