अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अमेरिकाको प्रतिबन्ध

(रासस-एएफपी) २०७४ पुष १२ गते ४:२७ मा प्रकाशित

 

संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तरराष्ट्रियरुपमा प्रतिबन्ध लगाएको समाचार छ ।  ती अधिकारीेले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ । 

उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश पनि गरेको थियो । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो ।

यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि अरु केही उत्तर कोरियालीमाथि यस्तैखालको प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाका नेता किम जङ उनसँगै क्षेप्यास्त्र परीक्षण गर्दाको समयमा यी अधिकारी साथमै रहेको तस्विर सार्वजनिक भएको थियो ।  ती अधिकारीमा किम जङ सिक र रि प्योङ चोल भएको सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू