अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

मेस्सीको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने खेलाडी बने स्ट्राइकर ह्यारी केन

(एजेन्सी) २०७४ पुष १२ गते २:२३ मा प्रकाशित

टोटनह्यामका स्ट्राइकर ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । त्यस्तै यस वर्ष युरोपको सर्वाधिक गोल गर्ने रेकर्ड पनि उनले आफ्नो नाममा पारेका छन् । सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिले सम्म कायम थियो । ह्यारी केनले आजको साउथह्याम्पटनसँगको खेलमा तीन गोल गर्दै यस वर्षका लागि प्रिमियर लिगमा आफ्नो गोल सङ्ख्या ३९ पुर्‍याएका हुन् ।

युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि केनले तोडेका छन् । यस वर्ष सबै प्रतियोगितामा केनको ५६ गोल छ । त्यस्तै लियोनल मेस्सीको ५४ गोल छ र उनी दोस्रो स्थानमा छन् र क्रिस्टियानो रोनाल्डोको यस वर्ष ५३ गोल रहेको छ ।

टोटनह्यामले साउथह्याम्पटनलाई ५-२ ले हराउँदै तालिकाको चौथो स्थानमा पनि उक्लेको छ । टोटनह्यामका लागि अन्य गोल सन हिउङ-मिन र डेले अल्लीले गरे भने सोफियन बुफक र डुसान टाडिचले पनि भ्रमणकारी टोलीका लागि गोल गरेका थिए ।

प्रतिक्रिया