अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

नेपाली कराते टोलीलाई बिदाइ

बुटवल, (रासस) २०७४ पुष ११ गते ७:३६ मा प्रकाशित

तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिंग च्याम्पियनसिप प्रतियोगिताका लागि नेपालबाट भाग लिने खेलाडीलाई आज भारतीय सीमावर्ती क्षेत्र बेलहियाबाट बिदाइ गरिएको छ ।

भारतको नयाँ दिल्लीस्थित तालकोटा रङ्गशालामा पुस १३ र १४ गते हुन गइरहेको अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिंग च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीलाई रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाल कराते महासङ्घ पश्चिमाञ्चल अध्यक्ष भरत बहादुर केसी, जापान गोजु रियो कराते डो मिसन सङ्घ नेपालको केन्द्रीय उपाध्यक्ष शतिश चौधरी र नेपाल–भारत मैत्री समाज अध्यक्ष डा शान्तकुमार शर्मालगायतले विजयीको कामनासहित नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर बिदाइ गर्नुभयो ।

जापान गोजु रियो कराते डो मिसन सङ्घ नेपालका चिफ कोच तथा फाउण्डर के.बी राना (काजी)को नेतृत्वमा नेपाली टोलीले प्रतिस्पर्धामा सहभागिता जनाउन लागेको हो ।

नेपालसहित भारत, श्रीलंका, भुटान, बङ्गलादेश र माल्दिभ्सका खेलाडीबीच हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट १२ वर्ष उमेर समूहमा शाहिल गुरुङ (२५ केजी), प्रियंका थापा (४० केजी), प्रशान्त थापा (३० केजी) र प्रसुन शाही (३५ केजी)ले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसै गरी १४ वर्ष उमेर समूहमा दिबीन गुरुङ (३५ केजी), कृतिमा गौतम (४० केजी), रिजन पाण्डे (४० केजी), शिवम बस्नेत (५० केजी) र एलिसा घिमिरे (४० केजी) रहेका छन् ।

त्यस्तै १७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीमा रोशन राना (५० केजी), सुमन परियार (६० केजी), कनिशाक राना (५५ केजी), सिबानी बस्नेत (४५ केजी), विपना जिएम (५५ उमेर) र सुस्मा पाण्डे (५० केजी) रहेका छन् ।

फायल फोटो

खेलाडीसँगै प्रतियोगितामा नेपालका तर्फबाट सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर र भीमसेन थापासहित ३० सदस्यीय टोली आज भारततर्फ प्रस्थान गर्नुभएकोे हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू