अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२
| Colorodo: 02:47
पोखरामा आज भएको प्याराग्लाइडिङ दुर्घटना बिदेशी नागरिक घाईते भएका छन् । आज दिउँसो १ बजे पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा भएको प्याराग्लाइडिङ दुर्घटनामा परी नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला गम्भिर घाइते भएका हुन् ।
पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते महोमदको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।