अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

गायक कमल किरणको नयाँ गीत ‘लभ पर्ला जस्तो छ’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ पुष ११ गते ६:१७ मा प्रकाशित

गायक कमल किरणको नयाँ गीत “लभ पर्ला जस्तो छ” सार्वजनिक भएको छ । डढेलो सर्यो किन, कोही भन्छन् अमेरिका, तल्ला घरे सन्नानिको जस्ता गीत बाट चिनिएका किरण विगत एक दशक देखि निरन्तर रूपमा नेपाली गीत सङ्गीतमा आबद्ध हुँदै आएका छन् र थुप्रै गीतहरू पनि गाएका छन् ।

सबै खाले गीत गाउने र केही मात्रामा काहिँ कतै शब्द रचना तथा सङ्गीत भर्ने गरेका कमलक यो नयाँ गीत “लभ पर्ला जस्तो छ” मा शब्द/सङ्गीत आफ्नै रहेको छ भने राकेश सोनीको एरेन्ज रहेको छ ।

यस्ता यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ट द्वारा बजार व्यवस्थापन गरेको छ ।

भिडियोमा ओम प्रसाईको छायाङ्कन  विष्णु खड्का (आर्यन) को सम्पादन, राजिव समरको कोरियोग्राफी अनि प्रकाश धितालको निर्देशन सँगै रिया श्रेष्ठ, विकास अनि दीपकको अभिनय रहेको छ ।

प्रतिक्रिया