अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

मेघन मर्कल र राजकुमार ह्यारी शाही परिवारसँग

शाही परिवारमा विवाह पूर्व शाही उत्सवमा कसैलाई निम्त्याइएको यो पहिलो घटना हो ।

बिआरटीनेपाल २०७४ पुष १० गते २१:५२ मा प्रकाशित

बेलायती राजकुमार ह्यारी र नायिका मेघन मर्कलले सयौँ शुभचिन्तकलाई भेटेका छन् । शाही परिवारसँग परम्परागत क्रिसमस मनाउने क्रममा उनीहरूले शुभचिन्तकसँग भेट गरेका हुन् ।

ह्यारी र मर्कलले हालै मात्र एंगेजमेन्ट गरेका हुन् । उनीहरूले क्रिसमसका अवसरमा आयोजना गरिने परम्परागत शाही कार्यक्रममा राजनी एलिजाबेथ र राजकुमार फिलिप र राजपरिवारका अन्य सदस्यसँग सान्ड्रिङहममा समय बिताए । सान्ड्रिङहम लन्डनदेखि १ सय माइल उत्तरमा पर्ने ग्रामीण नर्फकमा पर्छ ।

बेलायती सञ्चार माध्यमका अनुसार शाही परिवारमा विवाह पूर्व शाही उत्सवमा कसैलाई निम्त्याइएको यो पहिलो घटना हो । ह्यारी र मर्केलको जोडी उत्सवमा हात समातेर बाबु राजकुमार चाल्र्स, क्याम्ब्रिजका ड्यूक र डचेससँग हिँडेका थिए ।

रानी एलिजावेथ सुन्तला रङको पोशाकमा सजिएकी थिइन् । उनले सेन्ट मेरी म्याग्डेलेन्स चापेलमा भएको उत्सवमा शाही परिवारको अगुवाइ गरेकी थिइन् ।

सन् १९८८ यता रानी एलिजाबेथले सान्ड्रिङहममामा क्रिसमस मनाउँदै आएएएकी छन् । चिसोका कारण बिरामी भएपछि उनले गत वर्ष पहिलो पटक शाही क्रिसमस मनाउन पाएकी थिइनन् ।

शाही कार्यक्रममा राजपरिवारका सदस्य, ह्यारी र मर्कलसँग भेट्न सयौँ शुभचिन्तक लिाइनमा उभिएका थिए । ह्यारी र मर्कल कार्यक्रमको आकर्षण बनेका थिए ।

ह्यारी र मर्कलको जोडी पहिलो पटक यही डिसेम्बरको सुरुमा नटिङहममा शाही कार्यक्रम सहभागी भएका थिए । उनीहरूले आगामी मे १९ मा विवाह गर्ने घोषणा गरेका छन् । फोटो: सि एन एन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू