अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

कम्प्युटर एशोसिएन नेपाल महासङ्घको अध्यक्षमा हेमन्त कुमार चौरासिया

महासचिवमा रञ्जित कुमार पोदार

बिआरटीनेपाल २०७४ पुष ९ गते ११:३१ मा प्रकाशित

कम्प्युटर एशोसिएन नेपाल महासङ्घ (क्यान महासङ्घ) नेपालको २४औं वार्षिक साधारणसभा तथा महाधिवेशन यही मिति २०७४ पुस ८ गते काठमाण्डौमा सकिएको छ । महाधिवेशनमा विभिन्न ३३ जिल्लाका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।

महाधिवेशनबाट अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर काम गरिसक्नुभएको हेमन्त कुमार चौरासिया सर्वसम्वतले केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

निर्विरोध चयन भएको क्यान महासङ्घको उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला ), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्ला अन्तर्गत) निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसै गरी महासचिवमा रञ्जित कुमार पोदार निर्विरोध निर्वाचित हुनुभएको छ ।

महासङ्घको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिव पदमा जिल्लाअन्तर्गत जगनबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ । थप सचिव पदअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित हुनु भएको छ ।

त्यसै गरी कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित हुनु भएको छ । क्यान महासङ्घको केन्द्रीय सदस्यहरूमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्लाशाखाबाट सम्पूर्ण कार्यसमिति सदस्यहरू प्नि निर्विरोध निर्वाचित हुनु भएको छ ।

कार्यसमिति सदस्य अन्तर्गत रेगबहादुर भण्डारी, सुभाष खड्का, रत्नतारा वैद्य, श्रवणकुमार श्रेष्ठ, घनश्याम खनाल, विक्रम श्रेष्ठ, अमित अग्रवाल, डा. अभिजित गुप्ता, उमेश रघुवंशी, अस्गर अलि, अरुणकुमार वंशल, मधु कुमार अमात्य, विक्रम सिंह, दिपेश प्रधान, प्रशान्तलाल श्रेष्ठ, चिरञ्जिवी अधिकारी, ठाकुर कुमार श्रेष्ठ, दीपेश पाठक, भुपालदास श्रेष्ठ, दीपेन्द्रकुमार सिंह, श्यामकल श्रेष्ठ, अशोकबाबु राना, ईश्वरप्रसाद पोखरेल, भुपेन्द्रसिहं बलि, दलबहादुर खड्का, हर्कबहादुर सेटी र प्रेम राज पनेरु निर्विरोध निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष हेमन्त कुमार चौरासियाले आफूलाई निर्वाचित गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावलाई धन्यवाद दिँदै क्यान महासङ्घलाई एकताबद्ध र अझ पारदर्शी सङ्गठन निर्माण गर्नेे प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घलाई एकताबद्ध गर्दै सङ्गठन निर्माण गर्ने बतनाउनुभयो । ग्रामीणस्तरमा सूचना सञ्चार प्रविधिको विकास, विस्तार र प्रबर्धन कार्यक्रम ल्याउिने उहाँको याजनो छ ।

कम्प्युटर एशोसिएन नेपाल महासङ्घ (क्यान महासङ्घ) नेपालको आइसिटी क्षेत्रको पुरानो र ठुलो साझा संस्था हो । सन् १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा क्यान महासङ्घमा परिणत भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू