अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

न्यू योर्कमा तमु ल्होछार शनिवार

बिआरटी नेपाल सम्बादाता, न्यु योर्क । २०७४ पुष ९ गते ११:२२ मा प्रकाशित

गुरुङ तमुले तमु ल्होछार २०७४ शनिवार मनाउँदैछन् । गुरुङ, तमु सोसाइटी अमेरिकाले विभिन्न सांस्कृतिक कार्यक्रमसहति ल्होछार मनाउने जनाएका छन् ।

सम्पूर्ण गुरुङहरु एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने नाराका साथ ल्होछार मनाउन लागिएको आयोजकले जनाएका छन् । गुरुङ जातिले १२ जीवजन्तलाई आधार मानेर ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष पदम गुरुङले बताए । गुरुङ संस्कृतिलाई जगेर्ना गर्न र अन्तराष्ट्र्रिय रूपमा चिनाउन बर्सेनि ल्होछार मनाउँदै आएको उनको भनाइ छ ।

गुरुङ भाषा ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुन्छ । वर्गको आधारमा उमेर गणना गर्ने भएकाले तमुले ल्होछारलाई नयाँ वर्षको रूपमा मनाएको हो । तमु जातिले, यस वर्ष चरा वर्ग अर्थात् च्हा ल्हो वर्गको बिदाइ र कुकुर वर्ग अर्थात् खिल्हो वर्गको स्वागत गर्दै ल्होछार मनाउन लागेका हुन् ।

ल्होछारले गुरुङबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको विश्वास छ । नेपालमा हरेक वर्ष पुस १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइन्छ । कार्यक्रममा वृद्दवृद्दालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम शनिवार साँझ ७ बजेदेखि बिहान २ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू