अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

पाकिस्तानमा बस दुर्घटना: एकै परिवारका १० जनाको मृत्यु

बिआरटीनेपाल २०७४ पुष ९ गते ८:२९ मा प्रकाशित

पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ । 

इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताउनुभयो ।

एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उहाँले बताउनुभयो ।

सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताउनुभयो । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू