अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

आचार संहिता उल्लङ्घन गर्ने १३ हजार वेभसाइट बन्द

बिआरटीनेपाल २०७४ पुष ९ गते ७:३१ मा प्रकाशित

चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । 

यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो ।

इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरिएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भन्नुभयो । हटाइएको सम्वन्धी विवरण आगामी संसदीय बैठकमा पेस गरिने भएको छ ।

सो बैठक आगामी बुधबार बस्ने जनाइएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू