अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

‘प्रकाशित-प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन’ –पत्रकार महासंघ

बिआरटीनेपाल २०७४ पुष ९ गते ७:१७ मा प्रकाशित

प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।  महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको जनाएको छ । 

“यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ”– विज्ञप्तिमा भनिएको छ– “महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।” (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू