अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

क्लाउड नाईन पोखरामा ‘कस्मिक क्रिसमस’

बिआरटीनेपाल २०७४ पुष ९ गते ५:२३ मा प्रकाशित

इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसलाई लक्षित गर्दै स्पेक्स फोर्टीन नामक विज्ञापन तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीले पोखरामा ‘कस्मिक क्रिसमस’ कार्यक्रम आयोजना गर्दै छ । ‘क्रिसमस’ इसाई धर्मावलम्बीहरुको मात्र नभएर सबैको भन्ने भावनाको विकास गर्दै पोखराको चिप्लेढुङामा रहेको क्लाउड नाईन रेस्ट्रोमा यही डिसेम्बर २४ र २५ अर्थात पुस ९ र १० गते कार्यक्रम हुँदैछ ।

पोखरामा यसअघि विभिन्न इभेन्ट सञ्चालन गर्दै आएको स्पेक्स फोर्टीनको यो भने बिल्कुल नयाँ कार्यक्रम रहेको कार्यक्रम संयोजक महेश्वर भण्डारी ले बताएका छन् । बिशेषत इस्टर्न र वेस्टर्न क्लासिक गीतमा प्रख्यात ब्यान्ड ‘दि पिक्चर्स्’ ले २ दिन सम्म साँझ ७ बजे देखी राती ११ बजे सम्म मनोरन्जन दिने छ ।

संयोजक भण्डारी भन्छन् – ‘कस्मिक क्रिसमस’ कार्यक्रमको प्रवेश नि:शुल्क रहेको र दर्शकले पुरै समय आफन्त र साथी भाइ सँग बिना कुनै अवरोध क्रिसमस मनाउन सक्ने छन् । ‘क्रिसमस’ विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो ।

प्रतिक्रिया