अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

तमु धि कोलोराडोले ल्होछार पर्व मनाउदै

बिआरटी नेपाल सम्बादाता कोलोराडो २०७४ पुष ८ गते १३:५८ मा प्रकाशित

कोलोराडोको बोल्डर सहरमा गुरुङ समुदायले ल्होछार पर्व मनाउने भएका छन् । तमु धि कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ्ले बिआरटी नेपाललाई जानकारी दिए अनुसार यो पल्ट लोसार शनिबार, डिसेम्बर महिनाको ३० तारिखमा बोल्डर सहरमा हुनेछ । साँझ ५ देखी सुरु हुने उक्त कार्यक्रम बोल्डरको युनिटी चर्चमा बुद्ध धर्म परम्परा अनुसार पूजा अर्चना गरी ल्होछार पर्व मनाउने भएकोले सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

साथमा चर्चित स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिहरु सँगै विभिन्न गुरुंग जातिको पहिचान झल्काउने विविध सांस्कृतिक प्रस्तुति, स्वादिस्ट भोजन सहित आपसमा सदभाब र शुभकामना साटने कार्यक्रम रहेको छ ।

गुरुंग ल्होछार खि ल्हो (कुकुर वर्ग) को शुभ अवसरमा धुमधाम रूपले गुरुंग ल्होछार मनाउने भएको हो” अध्यक्ष गुरुङ भन्छन्, स्थापना काल देखि नै आफ्नो भाषा, भेषभुषा, संस्कृति, कला तथा परम्परालाई प्रवासमा रहेता पनि प्रबर्धन र जगेर्ना गर्न अहम भूमिका खेल्दै समाजले यी क्रियाकलापलाई निरन्तरता दिने कुरामा कटिबद्ध रहेको छ ।

फायल फोटो

पुराना तस्बिर

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू