अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

संविधान संशोधन नभए पुनः सडक आन्दोलनः नेता महतो

राजविराज, (रासस) २०७४ पुष ८ गते ७:५१ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

मधेसी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस गठबन्धनले निर्वाचनमा मधेसी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मधेसी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेसी जनताको भएको जिकिरसमेत गर्नुभयो ।

मधेसी जनताले दिएको जनाधिकारको तीन ठुला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू