अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७४ पुष ८ गते ७:४३ मा प्रकाशित

कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

माईतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनमा कर्णालीका बिभिन्न जिल्लाबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा आबद्ध सहभागीहरुले मृतक विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै प्रशासनबिरुद्ध चर्का नाराबाजी गरे । उनीहरुले प्रहरी दमन मुर्दाबाद , विवेक ऐडिलाई शहिद घोषणा गर , नालायक देउवा सरकार राजीनामा दे , हत्यारा पुलिसलाई कारबाही गर , पुलिस प्रशासन मुर्दाबाद लगायतका नारा लगाएका थिए ।

बिरोध प्रर्दशनपछि बोल्दै एमाले कालीकोटका अध्यक्ष नेशनल शाहीले प्रहरी प्रशासन बिरुद्ध आक्रोश पोख्दै शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । उनले रोटीका लागी आन्दोलन गर्ने युवालाई गोली दिने बर्तमान सरकारको राजीनामा माग गर्दै मृतकलाई शहिद घोषणा गरि क्षतिपूर्ती दिनुपर्ने बताए ।

त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहीद घोषणा गरेर क्षतिपूर्ती सहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तिलक उपाध्यायले गृहप्रशासनको रबैयाले युवाहरुलाई आक्रोशीत बनाएको भन्दै दोषीलाई कडा कारबाही सहित विवेक ऐडिलाई शहिद घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू