अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

भारतको बनास नदी पुलबाट बस खस्दा ३२ को मृत्यु

नयाँदिल्ली (रासस) २०७४ पुष ८ गते २:५५ मा प्रकाशित

भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या ३२ पुगेको छ ।  राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो ।

तिव्र गतिमा रहेको बस चालकले नियन्त्रण गुमाएर तीन मिटर माथीबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।  बसमा ५० जना यात्रु रहेका थिए । उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ । 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था बढी चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको कारणका बारेमा अहिलेसम्म स्पष्ट भइनसकेपनि अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि १६० किलोमिटर टाढा पर्दछ । भारत विश्वको तुलनामा नै धेरै सडक दुर्घटना हुने देशको रुपमा पर्दछ ।

सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झण्डै एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको सरकारी तथ्याङ्कले देखाएको छ ।

सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी सधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घन लगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू