अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

अमेरिकामा रहँदै आएका चर्चित गायक संजीब प्रधानको गीत ‘एउटा झोला छ’को भिडियो सार्वजनिक

विजय थापा २०७४ पुष ८ गते १:४६ मा प्रकाशित

लामो समय देखि अमेरिकाको बाल्टिमोर बस्दै आएका चर्चित गायक संजीब प्रधानको ‘एउटा झोला छ’ बोलको गीतमाथि बनेको भिडियो सार्वजनिक भएको छ । ४ बर्ष अघि नोवेम्बर २१ ,२०१३ मा सार्बजनिक भएको गायक प्रधान स्वयंको शब्द संगीतमा रहेको एउटा झोला छ’  गीति एल्वम पाठशाला भित्र समाविष्ट गीत हो ।

स्व गायक सुनिल बर्देवाले प्रबन्ध गरेको यो गीतको भिडियो ४ बर्ष पछि अमेरिका र नेपालमामा छायांकन गरि सार्वजनिक गरिएको हो । सुजता श्रेष्ठ निर्देशन र कलाकार द्वय सुदित श्रेष्ठ तथा रिजु श्रेष्ठको अभिनय रहेको भिडियोलाई सुनिल श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया