अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

राजकुमार ह्यारी र अभिनेत्री मेघनले एंगेजमेन्टको आधिकारिक फोटो प्रकाशित

एंगेजमेन्ट रिङ डिजाइन ह्यारी आँफै हुन्

बिआरटीनेपाल २०७४ पुष ७ गते २२:१४ मा प्रकाशित


बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्केलले एंगेजमेन्टको आधिकारिक फोटो प्रकाशित गरेका छन् । यसलाई अर्को वर्ष तय भएको उनीहरूको विवाहको कोशेढुंगा मानिएको छ ।

उनीहरूले अघिल्लो महिना एंगेजमेन्टको घोषणा गरेका थिए । उनीहरू आगामी मे १९ मा लन्डनको विण्डसर क्यासलस्थित सेन्ट जर्ज चापेलमा विवाह गर्दैछन् ।

एंगेजमेन्टको फोटो एलेक्स लुबोमिस्र्कीले खिचेका थिए । ती फोटा ह्यारी–मर्केलले जोडीले बकिङहम प्यालेसमा रानी र राजपरिवारका अन्य सदस्यसँग क्रिसमस लन्चमा सहभागी भएको भोलिपल्ट सार्वजनिक भएको हो ।

ह्यारी र मर्केलले विण्डसरस्थित फ्रममर हाउसमा इंगेजमेन्टको फोटो खिचेका थिए । यो जोडी डिसेम्बरको सुरुमा नटिङहममा पहिलो राजकीय कार्यक्रममा सहभागी भएको थियो । उनीहरूले इंगेजमेन्ट पछि पहिलो क्रिसमस क्वीन्स सान्ड्रिङहम स्टेटमा मनाउँदैछन् ।

उनीहरूले गत महिना आफ्नो सम्बन्धको बारेमा बिबिसीलाई पहिलो अन्तर्वार्ता दिएका थिए । त्यति बेला राजकुमार ह्यारी उनको आमा डायनाले उनीहरूको एंगेजमेन्ट ‘चन्द्रमा बाट हेर्ने’ बताएका थिए ।

ह्यारी र मर्केलको पहिलो भेट जुलाई २०१६ मा साथीमार्फत भएको थियो । उनीहरू भेट गराइदिने साथीको नाम बताउन चहाँदैनन् । तर, एउटा अन्तर्वार्तामा भनेका छन्, ‘तर, त्यो भेट सम्बन्धको पूर्वाधार थियो ।’

उनीहरूको दोस्रो भेट बोत्स्वानाको एउटा अभियानमा भएको थियो । ‘त्यो भेट मेरा लागि विशेष रह्यो,’ ह्यारी भन्छन् । ‘हामीले धेरै समय पायौं,’ मर्केलले थपिन्, ‘त्यस यता हामी टाढा भए पनि २ हप्ताभन्दा लामो समय एक अर्कालाई नभेटी बस्न सकेनौं ।’

मर्केलका अनुसार ह्यारीले उनलाई नाभेम्बरको सुरुमा एक रात नटिङहम कटेजमा प्रेम प्रस्ताव राखेका थिए । ‘त्यो रात सुन्दर र रमाइलाई थियो । उनले एउटा घुँडा टेके,’ उनले भनिन्, ‘मैले उनको प्रस्ताव सकिन सकिनै दिइन । सोधेँ, के म अब हुन्छ भन्न सक्छु ?’

ह्यारीले एंगेजमेन्ट रिङ डिजाइन गरेका हुन् । त्यसमा बोत्स्वानाको हिरासँगै डायनाले सङ्कलन गरेको २ वटा साना हिरा जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू