अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमस छुट्टी लिनु अघि ट्याक्स अध्यादेशमा हस्ताक्षर

बिआरटीनेपाल २०७४ पुष ७ गते २२:०६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार बिहान कर घटाउने अध्यादेशमा हस्ताक्षर गरेका छन् । क्रिसमसको छुट्टी लिनु पहिले उनले यो अध्यादेशमा हस्ताक्षर गरेका हुन् ।

उनले अप्लकालीन खर्चसम्बन्धी रिजोलुसनमा पनि हस्ताक्षर गरेका छन् । यससँगै खर्च अभावमा सरकार बन्द नहुने निश्चित भएको छ । सिनेटले अन्तिम दिन डिसेम्बर १९ मा उक्त रिजोलुसन पारित गरेको थियो । त्यससँगै खर्च अभावमा सरकार बन्द नहुने सम्भावना बढेको थियो । उक्त रिजोलुसनमा ४ अर्ब डलरको प्रतिरक्षा मिसाइल पनि समेटिएको छ ।

हाउस र सिनेटले यही साता करसम्बन्धी विधेयक पारित गरेको थियो । उक्त विधेयक राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो वर्ष ट्रम्पको मुख्य उपलब्धि बनेको छ । ट्रम्पले कर विधेयकमा सबैका लागि केही न केही भएको भन्दै ट्वीटेका छन् ।

‘यसमा सबै चीज छ । काम गर्ने वर्ग, मध्यम वर्ग, व्यवसायी, जनताका सबैका लागि ठुलो कुरा हो,’ उनले भनेका छन्, ‘यो विधेयक मेरो विचारमा मध्यम वर्ग र रोजगारीका लागि हो ।’ उनले विधेयक पारित भएपछि ब्यबसायीहरुले काम गर्ने वर्गलाई सहयोग गर्न योजना ल्याएको उल्लेख गर्दै भने, ‘व्यावसायिक संस्थाहरू साँच्चिकै हौसिएका छन् ।’

राष्ट्रपति ट्रम्प ट्याक्स अध्यादेशलाई आफ्नो कार्यकालको पहिलो वर्षमा पाएको ठुलो उपलब्धि ठान्छन् । उनी त्यसको जस लिन पनि योग्य भएको ठान्छन् । उनका सहयोगीहरुले यो अध्यादेशका लागि पृष्ठभूमिमा भएका पहल र प्रयासहरू पत्रकारहरुलाई व्याख्या गरिरहेका छन् । उनीहरू ट्रम्पले कार्यकालको पहिलो वर्ष अन्य राष्ट्रपतिहरुले भन्दा ठुलो काम गरेको बताइरहेका छन् ।

ट्रम्प र सिनेट र हाउसका रिपब्लिकन विधायकहरुले बुधवार ह्वाइट हाउसमा कर अध्यादेशलाई उपलब्धिका रूपमा मनाएका थिए । त्यहाँ ट्रम्पको प्रशंसा गरिएको थियो । छुट्टी मनाउन ट्रम्प फ्लोरिडाको पाम बीचस्थित मारा लागो जाँदैछन् जहाँ उनको निजी क्लब पनि छ । उनले फ्लोरिडास्थित पाम बिचमा १० औँ अमेरिकी राष्ट्रपतिको रूपमा पाइला टेक्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू