अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

अवैधानिक आप्रबासीका बच्चा छुट्याइने ?

नीति पारित भए वयस्कलाई ‘एडल्ट डिटेन्सन फ्यासिलिटिज’ र बालबालिकालाई बालगृह वा र प्रायोजक खोजेर राखिने ।

न्यू योर्क टाइम्स । २०७४ पुष ७ गते २१:५६ मा प्रकाशित

ट्रम्प प्रशासन अवैधानिक आप्रवासी घटाउन अभिभावकलाई तिनका बालबालिकासँग छुट्याइदिने योजनामा छलफल गरिहेको छ ।

अवैध आप्रवासन दुरुत्साहित गर्न अवैधानकि रूपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेका परिवारका अभिभावक र बालबालिका छुट्याइ दिने योजना भएको छलफलमा सहभागी अधिकारीहरुलाई बताइएको छ । आप्रवासी समुहहरुले भने यस्तो काम कठोर र अमानवीय भएको भन्दै भत्र्सना गरेका छन् ।

अहिले अभ्यासमा रहेको नीति अनुसार अवैध रूपमा प्रवेश गरेका आप्रवासीलाई फिर्ता पठाउने वा नपठाउने भन्ने निर्णय नभएसम्म सँगै बस्न दिइन्छ । त्यसका लागि त्यस्ता परिवारलाई या त ‘स्पेशल फेमिली डिटेन्सन सेन्टर’ पठाइन्छ, अदालती तारिखमा छाडिन्छ । ट्रम्प प्रशासनमा अहिले छलफल भइरहेको नीति अनुसार वयस्कलाई ‘एडल्ट डिटेन्सन फ्यासिलिटिज’ मा पठाइन्छ । बालबालिकालाई भने बालगृह राखिन्छ वा राख्ने प्रायोजक खोजिन्छ । त्यस्ता प्रयोजक थुनुवाका आफन्त पनि हुनसक्छन् । प्रायोजकका विषयमा प्रशासनले अंकुश लगाउन सक्छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएसएस) का तीन र ह्वाइट हाउसका एक अधिकारीका अनुसार यो नीति ह्वाइट हाउसले मन पराएको छ भने इमिग्रेन एण्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले स्वीकृत गरिसकेको छ । ती अधिकारीलाई पनि यो नीतिबारे बताइएको थियो । तर, यसबारे सार्वजनिक रूपमा छलफल गर्ने अधिकार नभएकाले उनीहरूले आफ्नो नाम उल्लेख नगर्न भनेका छन् । उनीहरूका अनुसार यो नीतिलाई पारित गर्ने अन्तिम अधिकार डिएसएस सेक्रेटरी किस्र्जिन नेल्सनसँग छ । उनले यसमा हस्ताक्षर गर्न बाँकी छ । उनलाई ट्रम्पले सेक्रेटरीमा नियुक्त गरेका हुन् ।

अमेरिकाको दक्षिण सीमाबाट अवैधानिक रूपमा ठुलो सङ्ख्यामा आप्रवासी आउन थालेपछि त्यसमा विषयमा विवाद उठेको थियो । राष्ट्रपतिका रूपमा ट्रम्पले कार्यभार सम्हालेपछि अवैध रूपमा अमेरिका प्रवेश गर्दा पक्राउ पर्ने आप्रवासीको सङ्ख्या ह्वात्तै घटेको थियो । गत अप्रिलमा उक्त सीमाबट ११ हजार ६ सय ७७ जनाको गिरफ्तारी भएको थियो । कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सिबिपी) का अनुसार यो सङ्ख्या कम्तीमा १७ वर्ष यताकै सबैभन्दा सानो हो ।

तर, नोभम्बरमा यो सङ्ख्या बढेर २९ हजार ८६ पुग्यो जुन जनवरी यताकै सबैभन्दा बढी हो । त्यसमा ७ हजार परिवार थिए भने ४ हजार अभिभावक वा आफन्त नभएका बालबालिका थिए । यसबाट ट्रम्प प्रशासनको चिन्ता बढ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू