अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन

मस्को, रसिया, (रासस/एएफ्पी) २०७४ पुष ७ गते ११:१४ मा प्रकाशित

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पद्वारा हालै सार्वजनिक गरेको सुरक्षा रणनीतिलाई शुक्रवार ‘आक्रामक’ भन्दै यसको मस्कोले आफ्नै तरिकाले प्रतिवाद गर्ने बताउनुभएको छ ।

रसियाली नेता पुटिनले भन्नुभयो, “यसै साता अमेरिकाले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा नीति सैनिक भाषामा भन्नुपर्दा ‘साँच्चिकै आक्रामक’ छ । हामीले यसको व्यवहारिक प्रतिक्रिया दिनेछौँ ।”

रसियाली नेता पुटिनले खास गरी अमेरिकी तथा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को युरोपमा उपस्थिति बढाउने भन्ने विषयप्रति लक्षित गर्दै भन्नुभयो,“मस्कोले आफ्नो सार्वभौम शक्तिको संरक्षण गर्न र विश्वको आफूप्रतिको चासोलाई कायम राख्न शक्तिशाली आधुनिक सेनाको निर्माण गर्नेमा प्रयासरत रहेको छ ।”

रसिया विश्वको नेतृत्व गर्न सक्षम मूलकका रूपमा रहनेछ र केही भूभागमा नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ, रसियाली राष्ट्रपतिले भन्नुभयो । नयाँ युग अनुसार निर्माण भएको रसियाली सेनाले आफ्नो स्वाभिमान कायम राख्न रसियाको पक्षमा काम गर्ने उहाँले बताउनुभयो ।

“हामीले पहिले रसियाली सीमा र युरोप, जहाँ नेटोको सैन्य संरचना छिट्टै बिस्तार हुँदैछ,मा विश्व शक्ति सन्तुलनलाई कायम राख्न आवश्यक सुधारलाई अवलम्बन गर्नुपर्छ ।”

नेता पुटिनले सन् १९८७ यता ‘इन्टर्मेडियट न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धिको अमेरिकाले उल्लङ्घन गरेको बताउनुभयो । सन्धिमा छोटो तथा मध्यम दुरीका सबै प्रकारका आणविक तथा परम्परागत क्षेप्यास्त्रलाई रोक्ने सहमति भएको थियो ।

मस्कोले पोल्याण्ड र रोमानियामा रहेका ‘यूएस प्याट्रियट मिसाएल सिस्टम’ रसियामाथि आक्रमण गर्न बनाइएका हुनसक्ने आरोप लगाएको छ ।

वासिङ्टनले पनि मस्कोद्वारा उक्त सन्धिको उल्लङ्घन गरेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू