अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

झन्डै ९ करोड मानिस ओबामा केयरमा

यो सङ्ख्याले गुणस्तरिय र धान्न सकिने स्वास्थ्य बिमाको माग उच्च भएको देखाउँछ

बिआरटीनेपाल २०७४ पुष ७ गते १०:३८ मा प्रकाशित

यो वर्ष कम्तीमा ८ करोड ८० लाख मानिस ओबामा केयरमा आबद्ध भएका छन् ।

यो तथ्याङ्क गत बिहीबार राति १२ बजेसम्मको हो । ओबामा केयरमा गत शुक्रवार सम्म आबद्ध हुने समय थियो । ट्रम्प प्रशासनले नोभेम्बर १ देखि ओबामा केयरमा सहभागी हुन आवेदन खोलेको थियो ।

आवेदन अवधि सकिने अन्तिम सातामात्र ४ करोड १० लाखले हेल्थकेयर डट कम मार्फत ओबामा केयरमा सहभागी भएका थिए । त्यसमध्ये १ करोड जना नयाँ उपभोक्ता थिए । आवेदन अवधि र बजेट दुवै घटाइएको अवस्थामा आवेदन घट्ने अनुमान गरिएको थियो । धेरै उपभोक्तालाई आवेदन अवधि घटाइएको पनि थाह थिएन ।

अमेरिकाको ३९ राज्यबाट हेल्थकेयर डट कम मार्फत ओबामा केयरमा सहभागी हुनेको सङ्ख्या अघिल्लो सिजनको तुलनामा ४ लाखमात्र कम हो ।

गेट अमेरिका कभर्ड क्याम्पेनका सह संस्थापक लोरी लोड्स्ले यो सङ्ख्या ‘विशाल’ भएको बताइन् । उनका अनुसार ‘स्वास्थ्य बिमा बजार इतिहासमा अन्तिम साताको सहभागिता संभवता सबैभन्दा ठुलो’ हो । लोड्स् ओबामा प्रशासनकी उच्च तहकी स्वास्थ्य अधिकारी हुन् । उनले ओबामा केयरमा सहभागिता जनाउनेको सङ्ख्या गुणस्तरिय र धान्न सकिने स्वास्थ्य बिमा चाहिन्छ भन्ने महत्त्वपूर्ण सूचक भएको बताइन् । ‘(राष्ट्रपति डोनाल्ड) ट्रम्पले ओबामा केयरको मृत्यु भइसकेको घोषणा गरे पनि र उनको प्रशासनले सहभागिता सङ्ख्या घटाउन लागेपनि हामीले यसको माग कति छ भन्ने सङ्ख्याका आधारमै देख्यौं,’ उनले भनिन् ।

ओबामा केयरमा सहभागी हुन चाहनेको सङ्ख्या १२ करोड २० लाख पुग्ने वा नाघ्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू