अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७
| Colorodo: 11:22
वीरगञ्जमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको हो ।
छुरा प्रहारबाट वीरगञ्ज–१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डक अस्पताल लगिएको छ ।आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।