अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

जनयुद्धमा मारिएका र बेपत्ता भएका रोल्पालीको सम्झनामा शान्ति स्मारक

बिआरटीनेपाल २०७४ पुष ७ गते ५:२२ मा प्रकाशित

दशबर्षे लामो जनयुद्धमा मारिएका र बेपत्ता भएका रोल्पालीहरुको सम्झनामा शान्ति स्मारक निर्माण गरिने भएको छ । देशमै सबैभन्दा धेरै धनजनको क्षति भएको रोल्पा जिल्लाको सदरमुकामस्थित टुँडिखेलको दक्षिणतर्फ रोल्पा नगरपालिकाको रु एक लाख ५० हजार र मानव अधिकार तथा कानूनी सेवा केन्द्र, रोल्पाको चार लाख गरी कुल ५ लाख ५० हजारको लागतमा बन्ने सो शान्ति स्मारकको विहिबार शिलान्यास गरिएको हो ।

द्वन्द्वमा श्रीमान गुमाएकी तुला वली, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा र रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विहिबार संयुक्तरुपमा शिलान्यास गरेको सो स्मारकमा २०५२ साल फागुन १ देखि २०६३ साल मंसिर ५ गतेसम्म ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिको नाम र ठेगाना राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू