अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकी उपराष्ट्रपति अफगानिस्तान भ्रमणमा

बिआरटीनेपाल २०७४ पुष ७ गते ४:२६ मा प्रकाशित

अमेरिकाका उपराष्ट्रपति मिक पिन्स आफ्ना सैनिक भेटघाटका लागि अफगानिस्तान पुगेका छन् । क्रिसमसको पूर्वसन्ध्यामा उपराष्ट्रपति पिन्स अमेरिकी सैनिकसँगको भेटघाटका लागि अफगानिस्तान पुगेका हुन् ।

भ्रमणको क्रममा उप राष्ट्रपति पिन्सले अफगान राष्ट्रपति असरफ घानीसँग भेट गरेका छन् । पिन्स र घानी बिचको भेटबार्तामा काबुल र वासिङटनबीचको सामरिक साझेदारी, अफगानिस्तानको सुरक्षा लगायतका उपयोगी विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया