अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१६ | Colorodo: 18:31

सिरहा मालपोत कार्यालयमा बम विष्फोट: तीन जना घाइते

बिआरटीनेपाल २०७४ पुष ७ गते ४:१२ मा प्रकाशित

सिरहा जिल्लाको सदरमुकाम स्थित मालपोत कार्यालय भवनमा कुकर बम विष्फोट हुँदा ३ जना घाईते भएका छन् । विष्फोटमा सिरहा ७ का राजकुमार पासवान, सिरहा १ का पवन पासवान, रोशन पपासवान घाइते भएको हुन् ।

सिराह प्रहरीका अनुसार घाइते मध्ये सिरहा अस्पतालमा दुई जनाको उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

बम कस्ले र किन बिस्फोट गरायो भन्नेबारे अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू