अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

अफगानिस्तानको प्रहरी चौकीमा कारबम विस्फोट: ८ को मृत्यु

बिआरटीनेपाल २०७४ पुष ७ गते १:५५ मा प्रकाशित

 अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ । यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ । 

बिहीबार राती तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोटन गराएका थिए ।
प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेको सैनिक सवारी साधनको प्रयोग गर्दै आएका छन् ।

प्रहरीका अनुसार गत दुई महिनायता तालिवान आतङ्ककारी समूहले पाँच भन्दा बढी अपहरण गरिएका सैनिक सवारीको प्रयोग गर्दै आएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यसअघि यस प्रकारको आक्रमणहरुको प्रायः तालिवान आतङ्ककारी समूहले जिम्मा लिने गरेका थिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू