अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

रोजिना गुरुङको पप गीत ‘क्यूटी मैयाँ’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष ७ गते ०:०३ मा प्रकाशित

गायिका रोजिना गुरुङ नया“ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । ‘क्यूटी मैयाँ’…शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । रोशन थापाको संगीत निर्देशनको उक्त गीतका शब्दहरु विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । भिडियोलाई लोकेश बज्राचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।

प्रतिक्रिया