अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

स्पेनमा देखिएको संकट समाधानका लागि क्याटलोनियामा मतदान

बिआरटीनेपाल २०७४ पुष ६ गते २३:४८ मा प्रकाशित

 स्पेनमा देखिएको संकट समाधानका लागि सहयोगी हुने अपेक्षा गरिएको निर्वाचनमा बिहिबार क्याटलोनियाका जनताले मतदान गरेका छन् ।  क्यटलोनियाका यसअघिका नेताहरुले छुट्टै देशको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर खराब राजनीतिक अवस्थाको अन्त्यका लागि बिहीबार निर्वाचन गराएको हो । 

छुट्टै स्वतन्त्र राज्यको घोषणा गरेका नेताहरुलाई सरकारले राज्य द्रोह र सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा मुद्धा लगाएको छ भने केही नेताहरु सुरक्षाको कारण देखाउँदै बेल्जियममा बसेका छन् ।

अहिलेको निर्वाचनमा स्वतन्त्रता पक्षधर र स्वतन्त्रताको विपक्षधर गरी दुवै पक्षका उम्मेदवारहरु प्रतिश्पर्धामा उत्रिएका थिए ।

स्वतन्त्रता पक्षधरले यसअघि सन् २०१५ मा भएको निर्वाचनमा झै सुविधाजनक बहुमत ल्याउलान् की नल्याउलान भन्ने उच्च प्रतिक्षा गरिएको छ ।

यो निर्वाचनलाई क्याटलोनियाको स्वतन्त्रता आवश्यक छ की छैन भन्ने जनमत जाँच्ने अवसरको रुपमा पनि लिइएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू